बलेफी हाइड्रोको आईपीओ आजदेखि
बिहीबार, २७ माघ २०७८, १० : ५०
बलेफी हाइड्रो पावर लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक स्थानीयवासीका लागि आइपीओको बिक्री खुलाएको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित १८ लाख २७ हजार ९७० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।
बिक्री खुलेको कुल सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर जुगर गाउँपालिका २, ३ र ४ वडाका स्थानीयले आवेदन गर्न पाउँछन् । यस्तै, ७ लाख ३१ हजार १८८ कित्ता सोही गाउँपालिकाका ५ र ७ वडावासी र बलेफी गाउँपालिकाको १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिकाका स्थानीयले अवोदन गर्न पाउनेछन् ।
आईपीओमा आवेदन गर्ने अन्तिम मिति फागुन १२ गतेसम्म छ । सो मितिमा आवेदन नपरेमा आवेदन मिति बढाएर फागुन २७ पुर्याइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ
-
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री