भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।
सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले राहुललाई ‘नसुन्ने र संसदमा नबस्ने व्यक्ति’ भन्दै उनको कटु आलोचना गरेका छन् ।
संसदको बहसलाई आफूले स्वागत गर्नेमा जोड दिँदै आफू र आफ्नो सरकारले कसैलाई आक्रमण नगर्ने र छलफलमा विश्वास गर्ने मोदीले बताए ।
‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र मेरो यस्तो स्वभाव पनि छैन् । तर, तर्क र तथ्यका आधारमा केही हलचल (विवाद) ल्याउन सञ्चार माध्यमले सदनमा मेरा शब्दलाई व्याख्या गरेको हुन सक्छ,’ उनले भने ।
#WATCH PM Modi hits back at Rahul Gandhi, says, “How do I reply to person who does not listen, skips Parliament?” pic.twitter.com/ImiU1kGOUd
— ANI (@ANI) February 9, 2022
राष्ट्रपतिको सम्बोधनलाई संसदमा धन्यवाद दिनका लागि बोल्ने क्रममा बेरोजागार, चीनसँगको सीमा विवाद र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमणबारे राहुलले उठाएका प्रश्नको जबाफ नदिएको प्रधानमन्त्रीमाथि आरोप लाग्दै आएको छ ।
राहुलका प्रश्नले प्रधानमन्त्री रिसाएको समेत आरोप लाग्दै आएको छ ।
सो विषयमा विस्तृत वर्णन गदैै प्रधानमन्त्रीले भने, ‘हामी कसैलाई हमला गर्दैनौं । बरु, वार्तामा विश्वास गर्छौं । संसदमा धेरै पटक बहस, अवरोधहरु भएका छन् । म यसलाई स्वागत गर्छु । तसर्थ, यी विषयमा म रिसाउनुपर्ने कुनै कारण छैन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव