शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भूमा हतियार प्रयोग गरेर युवकको हत्या प्रयास, एकजना पक्राउ

बिहीबार, २७ माघ २०७८, १० : १३
बिहीबार, २७ माघ २०७८

काठमाडौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या प्रयास गरिएको छ । गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट २३ वर्षीय विकास आचार्य गम्भीर घाइते भएका छन् ।

आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हतियार प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वयम्भूको ठाडो भर्‍याङस्थित ग्रिल पसलमा झगडा भएपछि आचार्यलाई हतियार प्रहार गरिएको थियो । उनी ६ महिनादेखि सो ग्रिल पसलमा कार्यरत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप