अब नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी
नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको छ ।
राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इन्‍रोल्मेण्ट गरेका छन् ।
राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट भाग लिएका राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल टेक्न नपाएकी गमता छाउप्रथाविरुद्ध विद्रोह गर्दै बनिन् राज्यमन्त्री
-
मुम्बई इन्डियन्समाथि लखनउको सहज जित
-
श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म विकास र रूपान्तरण सम्भव छैन : प्रदेश प्रमुख परियार
-
संविधान बमोजिम श्रमिकको हक, हितको प्रबन्ध गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे
-
रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट
-
अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ