बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

बिहीबार, २७ माघ २०७८, ०७ : ०४
बिहीबार, २७ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठक बस्दै छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो  बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले बताए । 

उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनामा समेत छलफल हुने उनले बताए ।

पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेपछिपार्टीमा थप क्षति हुन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनको रणनीति छ ।

थापाले नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य थालेपछि उनीनिकट नेताले राप्रपा परित्याग गर्ने क्रम भने जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप