बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रहरीलाई गाली गरेको आरोपमा २ जना पक्राउ

बुधबार, २६ माघ २०७८, २३ : ०४
बुधबार, २६ माघ २०७८

जनकपुरमा प्रहरीलाई गाली गलौज गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिकाका ७ का दिपनारायण यादव र ३५ वर्षीय आशाराम चौधरी रहेका छन् । उनीहरु दुवैजनालाई काल्पनिक तथा  झुठो विवरणको सूचना दिएर प्रहरीलाई गाली गलौज गरेको आरोप लागेको छ । 

दिपनारायणले प्रहरी समक्ष काल्पनिक, झुठा र गाली गलौज गरी प्रहरी कर्मचारीको काम कर्तव्यमा बाँधा अवरोध खडा गरेको आरोपमा उनीसहित आशाराम चौधरीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

आरोपित दुवै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

दुई दिनअघि स्थानीय श्रवणकुमार चौधरीसहित केही व्यक्तिको समूह आएर आशाराम चौधरीको बा.१९ च.६६१४ नम्बरको कार र सो कारभित्र रहेको दुई लाख रुपैयाँ लुटेर लगेको भन्दै उनीहरुले इलाका प्रहरी कार्यालय धनुषाधाममा निवेदन दिएका थिए । सो कुरा आशारामले इलाका प्रहरी कार्यालय धनुषाधाममा टेलिफोनमार्फत जानकारी गराएका थिए ।

तत्काल प्रहरीले सो कार तथा रुपैयाँ चोरी गर्ने श्रवणकुमार चौधरीलगायतका केही व्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीसमक्ष श्रवणले आफुले चोरी नगरेको दावी गरे । त्यसलगत्तै प्रहरीले श्रवण र दिपनारायणलाई सोधपुछ गर्दा घटना झुठो र काल्पनिक ठहर भयो ।

दिपनारायणले रिसिइबीका कारण श्रवणले लुटपाट गरेको भनि टेलिफोनमार्फत जानकारी गराएको र प्रहरीलाई गाली गरेकोले उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप