मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

पाँचौँ गोलबजार मेयर गोल्डकपको उपाधि वीरगञ्ज युनाईटेडलाई

बुधबार, २६ माघ २०७८, २२ : ०६
बुधबार, २६ माघ २०७८

सिरहा, २६ माघ । पाँचौँ गोलबजार मेयर गोल्डकप २०७८ को उपाधि हात पार्न वीरगञ्ज युनाईटेड पर्सा सफल भएको छ ।  गोलबजार प्रतिभा क्लब, सिरहा र वीरगञ्ज युनाईटेड पर्साबीच आज भएको फाइनल खेलमा शून्यको विरुद्ध एक गोल गर्दै वीरगञ्ज दुई लाख १५ हजार नगद हात पार्न सफल भएको हो ।

उनीहरूलाई गोलबजारका मेयर देवनाथ साहले पुरस्कार हस्तान्तरण गरेका थिए । गोलबजार खेल ग्राममा सम्पन्न मेयर गोल्डकपको फाइनलमा जर्सी नम्बर १० का खेलाडी विवेक चौधरीले गोलमा परिणत गरेका थिए । निकै रोमाञ्चक र प्रतिस्पर्धा खेलमा सोही गोलले वीरगञ्जलाई फाइनलमा उपाधि दिएको हो । गोलबजार प्रतिभा क्लवले भने दोस्रो स्थान प्राप्त एक लाख १५ हजार पुरस्कार थापेको छ । 

सम्पूर्ण खेवधिभरका लागि गोलबजार प्रतिभा क्लवका क्याप्टन निश्चल लामा म्यान अफ द सिरिज घोषित भएका छन् । उनलाई १० हजार नगद र सम्मान कदरपत्र सहित सम्मान गरेका छन् । त्यसैगरी गोलबजार प्रतिभा क्लवकै वेस्ट मिट फिल्टडर सफल लामा, वेष्ठट गोलकिपर सागर श्रष्ठ,  वेस्ट डिफेन्स किरण लामा घोषित भएका छन्  । उनीहरू सबैलाई  ५ हजार एक सयका दरले नगद र कदरपत्र सहित सम्मान गरेका छन् । 

उदयमान खेलाडी अर्जुन भारती घोषित भएको छ । उनलाई ५ हजार एक सय नगद र १० हजार मूल्य बरावरको एवी मल गोलबजारले सपिङ अफर दिएको छ । त्यसैगरी, सर्वाधिक गोलकर्ता वीरगञ्ज युनाईटेडका कृपाकान्त चौधरी भएका छन् । उनले खेल अवधिभरमा सर्वाधिक ४ गोल गरेका थिए । उनलाई पनि ५ हजार एक सय नगद सहित सम्मान गरिएको छ ।  आजको खेलको म्यान अफ द म्याच विवेक चौधरी घोषित भए । उनलाई एवी मलका प्रतिनिधि पिन्टु राउनले ३ हजार नगद सहित सहित सम्मान पत्र प्रदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?