सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

क्यासिनोको पैसा नतिर्ने याक एण्ड यति होटलमाथि सरकारको कारबाही : पाँच तारे वर्गीकरण रद्द, सम्पत्ति रोक्का

बुधबार, २६ माघ २०७८, २१ : ५०
बुधबार, २६ माघ २०७८

काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेडमा सञ्चालित क्यासिनोले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको छ ।

क्यासिनोले इजाजतपत्र नवीकरण दस्तुर, रोयल्टी दस्तुर तथा बाँकी बक्यौता गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागको होटल शाखाले जनाएको छ । यस सन्दर्भमा विभिन्न मितिमा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा समेत सार्वजनिक सूचना निकाल्दा पनि नेपाल सरकारलाई सो रकम नतिरेको निर्देशक मोहन बहादुर जिसीले जनाएका छन् ।

मन्त्रिपरिषद्को बैठकले क्यासिनो सञ्चालनको इजाजत पत्र र पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्नुका साथै होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको जिसीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप