६ महिनामा झन्डै १० खर्बको आयात भएपछि राष्ट्र बैंक तरङ्गित
बुधबार मात्र राष्ट्र बैंकले चालू आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । छ महिनामा झन्डै १० खर्ब रुपैयाँ (९ खर्ब ९९ अर्ब) बराबरको माल वस्तु आयातको तथ्याङ्क आएसँगै राष्ट्र बैंक तरङ्गित बन्न पुगेको हो ।
यस्तो रिपोर्ट आएसँगै बैंकले थप आयातमा कडाइ गर्ने नीति लिएको छ ।
बुधबार नै एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ४७ प्रकारका हार्मोनिक कोड भएका माल वस्तुको आयातमा न्यूनतम ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गरिएको जनाएको छ । योसँग अब तयारी पोसाक तथा कपडा, माछा मासु, ड्राइ फुडलगायतका बस्तु आयातमा समेत न्यूनतम ५० नगद मार्जिन राख्नुपर्ने पर्नेछ भने ड्राइ फुडलगायतका बस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ ।
बैंकका अनुसार ६०, ६१, ६२ र ६३ बाट सुरु हुने हार्मोनिक कोडका वस्तुहरूको आयातको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने छ भने त्यसबाहेक अन्य ४१ वटा हार्मोनिक कोडबाट सुरु हुने वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने छ । राष्ट्र बैंकले यसअघि नै विभिन्न २० वटा हार्मोनिक कोडबाट आयात हुने वस्तुहरू आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन