मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण

बुधबार, २६ माघ २०७८, १८ : ४५
बुधबार, २६ माघ २०७८

सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरू खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरूले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरू खुकुलो बनाउने निर्णय गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयहरूले पछिल्लो पटक यही माघ २३ गते बिभिन्न आदेश तथा निशेधाज्ञाहरु हटाउने निर्णय गरेका थिए । त्यसयता कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको पाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ २२ गते पीसीआर विधिीबाट ५ हजार २२५ र एन्टीजेन विधिबाट ३ हजार २८८ गरी कूल ८ हजार ५१३ जनाको कोरोना परिक्षण गरिएको थियो । उक्त दिन १ हजार ७ १४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको थियो भने ९ जनाको मृत्यु भएको थियो । 

माघ २३ गते पीसीआर विधिबाट ६ हजार ४४३ र एन्टीजेन विधिबाट २ हजार ८०८ जनाको कोरोना परिक्षण गर्दा १ हजार ३८६ जनामा संक्रमण पुष्टी भएको थियो । उक्त दिन कोरानाका कारण ११ जनाले ज्यान गुमाएका थिए । 

माघ २४ गते ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन विधिबाट गरी कूल ११ हजार ३६५ जनाको कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये १ हजार ५७० जनामा संक्रमण पुष्टी भएको थियो भने १३ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार माघ २५ गते देशभर १ हजार ९५७ जना नयाँ संक्रमित थपिएका थिए । पीसीआर विधिबाट ८ हजार ५८७ र एन्टीजेन विधिबाट ४ हजार १०५ जना गरी कूल १२ हजार ६९२ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको थियो । माघ २५ गते कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो । 

आज माघ २६ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले पछिल्ला प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको देखाएको छ । सरकारले कोरोना नियन्त्रणमा आएको जनाउँदै जारी गरेका निषेधाज्ञाहरु खुकुले बनाएपछि संक्रमण बढ्दै गएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप