एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय
बुधबार, २६ माघ २०७८, १७ : ४४
![एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय](https://rpcdn.ratopati.com/media/albums/see-_exam_24_X51jyXmfCI.jpg)
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।
स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा बिहीबार आम निर्वाचन, को को छन् मैदानमा ?
-
सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित
-
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली
-
...त्यसपछि मुकुलले मुखमा कालो टेप टाँसे
-
हाथरस पुगे मुख्यमन्त्री योगी, भागदौडका घाइतेसँग भेटघाट
-
‘हाम्रो राजनीतिमा वामपन्थी र गैरवामपन्थी ध्रुवीकरण भएकै छैन’