बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा एक महिलाको हत्या

बुधबार, २६ माघ २०७८, १७ : ४२
बुधबार, २६ माघ २०७८

रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले  देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो  । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन  विहान मृत शव फेला  परेकी हुन् ।  घटनास्थल पुगेका रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले शवको प्रकृति हेर्दा घाँटी थिचेर हत्या गरिएको हुनसक्ने बताए । 

मृतक महिलाको मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएको छ । घटना पछि बिहे पक्का भएका युवक फरार छन् ।  फरार  युवक फैयादको  खोजतालास भैरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप