सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहन्यायाधिवक्ताले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर

बुधबार, २६ माघ २०७८, १७ : २८
बुधबार, २६ माघ २०७८

उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता सुरेन्द्र कुमार थापाले अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अहिले निलम्बनमा रहेका सह–न्यायाधीववक्ता थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

२०४५ मा जागिर शुरु गरेका सुरेन्द्र कुमार थापाले ६१ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ । थापा ०७६ सम्म जागिरमा थिए । आयव्ययको चार्ट विश्लेषण गर्दा उनले अकुत सम्पत्ति आर्जन गरेको देखिएको सहायक प्रवक्ता भण्डारीले बताए ।

भ्रष्टाचार निवारण ऐन २०१७ र २०५९ अनुसार आयोगले उनीविरुद्ध ६१ लाख बिगो मागदाबी लिएको छ । अख्तियारले थापा पत्नी अन्जु खड्कालाई पनि प्रतिवादी बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप