बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मुगुका तत्कालीन गाविस सचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, २६ माघ २०७८, १६ : ५२
बुधबार, २६ माघ २०७८

मुगुको साविक रारा गाविसका तत्कालीन सचिव पदमबहादुर भण्डारीसहित चारजना विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधवार ३ जना पूर्व गाविस सचिव र सहायक लेखापाल बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

आर्थिक वर्ष २०७१–०७२ र २०७२–०७३ मा रारा गाविसमा निकाशा भएको सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ता बापतको रकम किर्ते कागजात बनाएर भ्रंष्टाचार भएको आयोगको ठहर छ ।

आयोगले तत्कालीन गाविस सचिव पदमबहादुर भण्डारीले आ.ब. २०७१–०७२ मा ७ लाख ६० हजार भ्रष्टाचार गरेको ठहर गरेको छ । गाविस सचिव तीर्थराज शाहीले २०७२ साल श्रावणदेखि  कात्तिकसम्मको एक चौमासिक अवधिसम्म कार्यरत रहदाँ १६ हजार हिनामिना गरेको आयोगको अनुसन्धानबाट थाहा भएको छ ।

गाविस सचिव नव गिरी  र  सहायक लेखापाल हस्तबहादुर शाहीले मिति २०७२ साल मंसिरदेखि ०७३ साल असारसम्मको दुई चौमासिक अवधिमा ३६ हजार भ्रष्टाचार गरेको आयोगको निष्कर्ष छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप