मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब नाघ्यो, शोधनान्तर स्थिति पनि माइनसमा

चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आ.व.को छ महिनाको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा ४५.७० प्रतिशतले चालु खाता घाटा वृद्धि हुँदै ३५० अर्ब ७ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।
बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.० प्रतिशतले कमी आई रु.५ अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई रु.११ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो पुँजीगत ट्रान्सफर रु.६ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ६६ करोड रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?