बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाको बुद्ध चोकमा एक सातासम्म कोरोनाविरुद्धको खोप लगाइँदै

बुधबार, २६ माघ २०७८, १६ : ३६
बुधबार, २६ माघ २०७८

हेटौंडाको बुद्ध चोकमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारबाट प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा एक कार्यक्रमकाबीच सर्वसाधारणलाई लक्षित गरी एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको हो ।

खोपबाट बञ्चित सर्वसाधारण जनतालाई लक्षित गरी हेटौंडा बजारको चोकमा नै जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा खोप अभियान संचालन गरिएको प्रजिअ पाण्डेले बताए ।

चैतसम्म सबै नागरिकलाई खोप लगाउने राज्यले लिएको नीति अनुसार खोप अभियानलाई थप प्रभावकारी बनाइएको उनले बताए । सार्वजनिक स्थलमै खोप केन्द्र राखेर अभियान चलाएपछि जनतालाई खोप लगाउन सहज हुने उनले बताए ।

अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप