आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा तदर्थ समिति गठन गर्न महन्थ ठाकुरको निर्देशन

बुधबार, २६ माघ २०७८, १६ : ३१
बुधबार, २६ माघ २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन् । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले सो निर्देशन दिएका हुन् । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गरेपछि प्रदेश, जिल्ला, पालिका समायोजन हुन बाँकी छ । तर चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिएका हुन् ।

पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठन गर्न निर्देशन दिँदै अध्यक्ष ठाकुरले यस्ता पालिका र वार्ड समितिहरु गठन गर्दा यथाशक्य सबैलाई समेटेर समावेशिताको सिद्धान्तलाई समेत मध्येनजर गर्दै आवश्यक परे विधानमा तोकिएको संख्यामा ५० प्रतिशत थप गरी गठन गर्न सकिने बताएका छन् । 

उनले इकाई (पालिका) अध्यक्ष मात्र स्थानीय तहको दावेदार हुने होइन, योग्य उम्मेदवारलाई पार्टीद्वारा उम्मेदवारका लागि टिकट दिइन सन्देश पुर्याएर समेत तदर्थ समिति गठन गर्न पनि निर्देशन दिएका छन् । साथै उपमहानगर पालिका र महानगर पालिकाको तदर्थ समिति केन्द्रबाट नै गठन हुने समेत उनले स्पष्ट पारेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप