शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फागुनबाट र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’

बुधबार, २६ माघ २०७८, १६ : ०४
बुधबार, २६ माघ २०७८

र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ १६ फागुनबाट प्रसारणमा आउने भएको छ । निर्माण युनिटले कार्यक्रमको ट्रेलर सार्वजनिक गर्दै प्रसारण मिति बाहिर ल्याएको हो । ट्रेलरमा पछिल्लो समय सामाजिक संजालमा चर्चित र्‍यापर माइलालाई चित्रण गरिएको छ ।

ट्रेलरमा मिस्टर डी, डेजेन र कवि–जीलाई प्रि–जजको रुपमा देखाइएको छ । तर, सोका निर्णायक र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले रहनेछन् । यसअघि निर्माण टिमले पहिलो ट्रेलरमा फिमेल र्‍यापर फुर्दुकीलाई देखाएको थियो ।

इमेज टेलिभिजन र डी म्युजिक टिभी मार्फत एकसाथ  प्रसारणमा आउन लागेको शो नेपालमा पहिलो पटक हुन लागेको र्‍याप म्युजिक रियालिटी शो हो । डी म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

शोका लागि ८००० भन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागी गराएका थिए । जसमध्ये ६०० जनाको बिभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागि प्रतिस्पर्धा गर्नेछन् । सोका विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप