शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राताम्मे सेयर बजार, कारोबार पनि तीन अर्बमा खुम्चियो

बुधबार, २६ माघ २०७८, १५ : ४५
बुधबार, २६ माघ २०७८

सेयर बजार परिसूचक नेप्सेमा थप २२ अंकको गिरावट आएको छ । अघिल्लो दिन १६ अंकले घट्दै २८ सय ३५ विन्दुमा अडिएको नेप्से आज बुधबार थप २२.०६ अंकले घट्दै २८ सय १३.५२ अंकमा झरेको हो । 
त्यसो त यस दिन कारोबार रकममा समेत भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २२ अंकले घटेको बजारमा जम्मा तीन अर्ब ४७ करोड ११ लाखको मात्र कारोबार भएको हो । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस दिन नेप्सेको सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप