बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा ‘प्रगतिशील पार्टी’ दर्ता गराउने तयारीमा त्रिपाठी

बुधबार, २६ माघ २०७८, १५ : २८
बुधबार, २६ माघ २०७८

हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ ।  निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ । 

हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्रीय कार्य समिति रहने बताइएको छ । यसैबीच त्रिपाठीलगायतका केही नेताहरुले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् । अध्यक्ष त्रिपाठीसहितका नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर स्थानीय तहको नामांकन र सीमांकन बारे भएको निर्णय कार्यान्वयन गराउन माग गरेका हुन् । 

निर्वाचन आयोग पुगेका नवलपरासीका प्रतिनिधिसभा सांसद वृजेश गुप्ताले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेश प्रदेशमा मात्र भएको र त्यसलाई अब प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिममा समेत कार्यान्वयन गर्नुपर्ने बताए । 

स्थानीय तहको चुनावअघि नै आयोगको सिफारिश अनुसार प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन हुनुपर्ने भनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण गराएको उनले बताए । त्यसको जवाफमा प्रमुख आयुक्त थपलियाले सरकारले पत्र पठाउने वित्तिकै आफूहरुले त्यसलाई कार्यान्वयनमा ल्याउने बताएको उनले बताए । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप