९० करोड पटक हेरियो ७ वर्षकी बालिकाको भिडियो, कमाईन् साढे ३ अर्ब रुपैयाँ
रुसी सोशल मीडिया स्टार अनास्तासिया रेडजिस्काया केवल ७ वर्षको उमेरमै इन्टरनेटमा छाएकी छिन् । अनास्तासिया सोशल मीडियाको माध्यमबाट साढे तीन करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिकनी भएकी छिन् ।
केवले ७ वर्षकी अनास्तासियाले ‘द बिगेस्ट किड युट्युबर इन द वर्ल्ड’ को उपाधि पाएकी छिन् । केही रिपोर्टका अनुसार उनले अघिल्लो वर्ष ३ करोड ६० लाख रुपैयाँ कमाएकी थिइन् । अनास्तासियाको यो अचम्म लाग्दो सफलताको पछाडि उनको माता पिताको सबैभन्दा ठूलो योगदान छ ।
कसरी गर्छिन् आम्दानी ?
डेली स्टारको रिपोर्ट अनुसार अनास्तासिया आफ्नो विलासी पारिवरिक छुट्टीलाई आधार बनाएर युट्युबमा कन्टेन्ट बनाउँछिन् । यसलाई उनी युट्युब र इन्स्टाग्राम जस्ता सोशल मीडिया प्लेटफर्ममा अपलोड गर्छिन् । उनको इन्स्टाग्राम अकाउन्ट बच्चामा केन्द्रीत पौष्टिक सामग्री र आकर्षित बिदा तथा महँगो नीजि जेट यात्राको तस्बिरको रोचक मिश्रण हो । करोडौँको संख्यामा फलोअर्स उनको विषयबस्तु मन पराउँछन् । यसबाट अनास्तासियाले मोटो कमाई गर्छिन् ।
कसरी भयो सुरुवात ?
सन् २०१४ मा जन्मिए लगत्तै अनास्तासियामा सेरेबरल पाल्स नामक स्नायु सम्बन्धि समस्या भएको थाहा भयो । यसपछि उनका बुवा आमा अन्ना र सर्गेईले आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे । उनीहरुले मुल रुपमा युट्युब च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरेका थिए । तर केही वर्षभित्रै उनले पैसा कमाउन थालिन् । गत वर्ष अनास्तासिया युट्युबमा सबैभन्दा धेरै पैसा कमाउने कन्टेन्ट क्रियटर्सको शीर्ष १० को सूचीम छैटौँ स्थानमा पुगिन् ।
४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड भन्दा बढी पटक हेरिइसकेको छ । लाइक नात्स्या युट्युब अकाउन्टमा ८ करोड ६० लाख सब्सक्राइबर्स भइसकेका छन् । च्यानलले हालसम्म कूल ६९०० करोड भ्यू पाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म