शेखर कोइराला समूहको बैठक सम्पर्क कार्यालयमा

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन् ।
काँग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।
कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता परियारले जानकारी दिए । उनका अनुसार सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुनेछ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक नजिकिएपछि कोइराला समूहले निरन्तर छलफल गरेर सभापतिलाई भेट्न लागेको हो । कोइराला समूहले सभापतिसँगको भेटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु