बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा क्रिस्टिना गुरुङ पक्राउ

बुधबार, २६ माघ २०७८, १३ : ३३
बुधबार, २६ माघ २०७८

 जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ ।

धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् । उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ । गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए । ३२ जना युवासँग उनले ‘समूहमा आउनु, जर्मनी पठाउँछु’ भनेर असुलेकी थिइन् ।

गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि पनि पक्रेर ठगी मुद्दा चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप