शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाखबाट सरेर असारमा पुग्यो ‘चिसो मान्छे’

बुधबार, २६ माघ २०७८, १३ : ००
बुधबार, २६ माघ २०७८

फिल्म ‘चिसो मान्छे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको फिल्मको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ ।
निर्देशक दीपेन्द्र के खनालले फिल्मको फष्ट लुक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति परिवर्तन भएको जानकारी दिए । उनले फिल्मको रिलिज मिति ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको कारण फिल्म सारिएको बताए ।
निर्माण युनिटले फिल्मको प्रदर्शन मिति परिवर्तनसँगै फष्ट लुक्स पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेत्री स्वस्तिमा खड्काले स्थान पाएकी छन् । पोस्टर स्वस्तिमाको अहिलेसम्मकै भिन्न लुक देख्न सकिन्छ ।

पुरानो फरिया चोलीमा देखिएकी स्वस्तिमाले घाँटीमा पहेँलो रंगको पोते, नाकमा साधारण बुलाकी र निधारमा रातो रंगको टीका देख्न सकिन्छ । उनको अनुहारले थकान, निराशा, चिन्ता लगायत बिभिन्न पीडा झल्काएको छ ।
फिल्म ‘बुलबुल’ मा महिला ट्याम्पो चालकको भुमिका निर्वाह गरेर चर्चा पाएकी स्वस्तिमालाई ‘चिसो मान्छे’ ले थप उचाई दिलाउने धेरैको विश्वास छ ।

पोष्टरलाई सामाजिक संजालमा राम्रो प्रतिक्रया मिलिरहेको छ । फिल्ममा उनी बाजुराको अति विपन्न महिलाको भूमिकामा बाजुराली बोली रु लवजका साथ देखिनेछिन् । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमाका अलावा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय छ । 

फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनालले गरेका हुन् । ‘पशुपति प्रसाद’ र ‘आमा’ जस्तो राम्रो फिल्म बनाएका दीपेन्द्रको ‘चिसो मान्छे’ दर्शकको प्रतिक्षित फिल्मको सूचीमा पर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप