आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती

बुधबार, २६ माघ २०७८, १२ : ५९
बुधबार, २६ माघ २०७८

भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् ।

यद्यपि यी दुईबीच सम्पत्तिको अन्तर यति कम छ कि यो सूची कुनै पनि बेला फेरिन सक्छ ।

दुबै सूचिमा अडानी भन्दा अगाडि अम्बानीः

फोब्र्सको रियल टाइम र ब्लूमबर्गको सूचीमा मुकेश अम्बानी, भारतसमेत एसियाकै धनाढ्यको सूचीमा फर्किएका छन् । दुबै सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष विश्वकै धनाढ्यमा पनि १० औँ स्थानमा छन् ।

उनीभन्दा  ठीक एक स्थान पछाडि अर्थात् ११ औँ स्थानमा गौतम अडानी छन् । उनी हालैमात्र फोब्र्सको रियल टाइम सूचीमा १० औं स्थानमा थिए ।

कति छ अम्बानी र अडानीको सम्पत्ति

फोब्र्सको रियल टाइम सूचीका अनुसार हाल मुकेश अम्बानीको सम्पत्ति कुल ९०.५ अर्ब डलर रहेको छ ।

ब्लूमबर्गको सूचीमा भने ८९.२ अर्ब डलर रहेको छ ।

यसैगरी गौतम अडानीको कुल सम्पत्ति फोब्र्सको सूचीमा ८९.९ अर्ब डलर र ब्लूबर्गका अनुसार ८६.३ अर्ब डलर छ । यसबाट हेर्ने हो भनेपनि अम्बानी र अडानीको सम्पत्तिमा कुनै पनि समय फेरबदल हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप