शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मंगोलियामा पहिरोमा परेर १४ जनाको मृत्यु

बुधबार, २६ माघ २०७८, १२ : ५६
बुधबार, २६ माघ २०७८

मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो । सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो ।

पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ । त्यस्तै पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन् । उनीहरुको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ । यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरुलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप