पछिल्लो ६ महिनामा ६३ जना विदेशीसहित २२ सय ४६ जना लागुऔषध कारोबारी पक्राउ
बुधबार, २६ माघ २०७८, १२ : ३२
चालु आर्थिक वर्ष २०७८–७९ सुरु भए यताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।
गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् ।
पक्राउ पर्नेहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा