जापानमा किन बारम्बार भूकम्प जान्छ ? वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य
जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महशुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरुले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरुका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुन सक्छन् ।
वैज्ञानिकहरुले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठूला भूकम्पहरुबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरुमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको भनाई छ ।
‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यबाणी गर्न सकिदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउदा हामी निकट भविष्यका प्रक्रियाहरु अनुमान सुरु गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाईलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उदृत गरेको छ ।
प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरुले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरु समावेश गरिएको थियो ।
अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?