एमसिसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहितका दलहरुले प्रदर्शन गर्दै
सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दैछन् । ती दल र मोर्चाले दिउँसो १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सहभागी हुने जनाइएको छ ।
ती दल र मोर्चाले देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय