बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै
![बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै](https://rpcdn.ratopati.com/media/albums/1-sherbahadur_deuba_N7rDqv9dhe_s9tjqWFLRj.jpg)
नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो । मंगलबार सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो ।
आज सभापतिको उपस्थितिमा उक्त विषयमाथि थप छलफल हुन लागेको प्रवक्ता प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हिजोको छलफलमा सभापतिज्यू सहभागी हुनुहुन्थेन । हिजो छलफल भएका विषयको जानकारी गराउन २ बजे हामी बालुवाटार जाँदैछ । त्यसमा थप छलफल हुन्छ ।’
काँग्रेस म्याद सिकाएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गराउने तयारी छ । त्यसका लागि नयाँ कमिटी ल्याउने कि वर्तमान कमिटीलाई अधिवेशन गराउने गरि समय थप्ने भन्नेमा छलफल भइरहेको छ । यस्तै अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुनभित्र अधिवेशन गराउने काँग्रेसको तयारी छ । यता स्थानीय निर्वाचनको तयारीका लागि पार्टी पंक्ति परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार