मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले चितवनले एक महिनापछि पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

बुधबार, २६ माघ २०७८, ०९ : १९
बुधबार, २६ माघ २०७८

नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । 

काेराेना मत्थर भएसँगै एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएकाे छ । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन् ।

कोरोनाको संक्रमण भएका जिल्ला नेता कार्यकर्ता संक्रमणमुक्त र जिल्ला इन्चार्ज देवी ज्ञवालीको पिताको मृत्युपछिको क्रियाक्रम सकिएपछि बुधबार जिल्ला नेतृत्व चयन गरिएको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘अध्यक्षमा रामप्रसाद पक्का भएका छन् । घोषणा चाँहि एक बजे मात्रै गर्ने कार्यक्रम छ’, उनले भने ।

जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप