आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यमन शहर वरिपरि लडाइँ हुँदा दर्जनौंको मृत्यु

मङ्गलबार, २५ माघ २०७८, २२ : ०३
मङ्गलबार, २५ माघ २०७८

विद्रोहीले नियन्त्रण गरेको शहरलाई लिएर भएको नयाँ आक्रमक हमलामा यमनी समर्थक दर्जनौँ लडाकू मारिएका छन् । संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमणपछि यमनी हुथी विद्रोही समूहलाई लक्षित कारबाहीमा वृद्धि भएको विद्रोही पक्षधर एक स्रोतले मङ्गलबार जनाएको छ ।

राजधानी सानाको उत्तर र साउदी सीमा नजिकै इराननिकट मानिने विद्रोहीलाई धपाउन तीन दिनको लडाइँमा ३२ जना सैनिकको मृत्यु भएको छ र कम्तीमा १०० जना घाइते भएका छन् ।  यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनको सहयोग प्राप्त सरकार र इरान समर्थित हुथी समूहबीचको गृहयुद्धमा मुछिएको छ ।

हुथी विद्रोहीहरुले युएईप्रशिक्षित फौजबाट क्षेत्रीयरूपमा हार व्यहोरेपछि आबु धाबीमा भएको शृंखलाबद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमणमा यूएईका तीन तेल कामदारको ज्यान गएपछि यूएई र साउदी गठबन्धन सैनिक हुथी विद्रोहीमाथि थप आक्रामक देखिएका छन् । सरकार समर्थक स्रोतहरूले बताएअनुसार मंगलबा हरदह वरिपरि जारी झडपमा गठबन्धन सेनाले हुथी लडाकूहरू र त्यस क्षेत्रलाई घेरेका छन् तर अझै पनि यस शहर कब्जा भने हुनसकेको छैन ।  

गठबन्धन स्रोतले युद्धमा र गठबन्धनको हवाई हमलासँगै कम्तीमा पनि ५६ जना विद्रोही मारिएको बताएको छ भने हुथीहरूले आफ्नो पक्षमा मर्नेहरूको रिपोर्ट विरलै दिन्छन् ।  हालैका हप्ताहरूमा यमेनी द्वन्द्व तीव्र भएको छ । गठबन्धन र वफादार सेनाहरूले विद्रोहीहरूलाई हराएको दक्षिणी इलाका फिर्ता गर्न एकपछि अर्को आक्रमण गरिरहेका छन् । 

यसैबीच, हुथीहरूले छिमेकी साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएका छन् र सैन्य गठबन्धनको सदस्य संयुक्त अरब इमिरेट्समाथि पनि यस्तै आक्रमण गरेका छन् । लाखौं मानिसहरू अनिकालको सँघारमै बाँचिरहेका हुनाले संयुक्त राष्ट्रसंघले यमनलाई विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको मुलुक भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप