बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रेस चौतारी धनुषाको अध्यक्षमा अवधेश कामत

मङ्गलबार, २५ माघ २०७८, २१ : १३
मङ्गलबार, २५ माघ २०७८

प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामतलाई चयन गरिएको छ । मंगलबार जनकपुरधाममा भएको ९ औँ जिल्ला अधिवेशनबाट कामतको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरिएको हो ।

त्यस्तै उपाध्यक्षमा ललनकुमार साह, सचिवमा जिवय जयसवाल, सहसचिवमा शंकर थापा र सुनिलकुमार साह, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिय कर्णलाई चयन गरिएको छ । यससंगै प्रेस चौतारीका मधेश प्रदेश संयोजक फणि महतले चयन भएका पदाधिकारीसहितकालाई सपथ ग्रहण गराएका थिए ।

निर्वाचित पदाधिकारीहरुलाई नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । त्यस्तै यस अधिवेशनबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगदिश साह र गणेश खरेललाई चयन गरिएको छ भने प्रदेश अधिवेशन प्रतिनिधिमा भगलु मण्डल र जीवनारायण झालाई चयन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप