क्राइम ब्रान्चको नाममा मोटरसाइकल चोरी गर्ने एक पक्राउ
धनुषामा क्राइम ब्रान्चको व्यक्ति रहेको भन्दै मोटरसाइकल चोरको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् । आरोपित चोरले ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर डर त्रास देखाइ मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ परेको धनुषा प्रहरीले जनाएका हुन् ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थमौना टोल बस्ने १९ वर्षीय टिका यादवलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जतेन्द्र बस्नेतले जानकारी दिए । आइतबार ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर एकजनालाई मोटरसाइकलको ब्लु बुक निकाल्न लगाएर चेकजाँच गरेको जस्तै हेर्दै, ‘मोटरसाइकल चोरीको हो भन्दै अनुसन्धान गर्न जिल्लामा चेकजाँचको लागि लग्नुपर्छ’ भनेर डर त्रास देखाइ प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लूबुक लिएर यादव फरार भएका थिए ।आरोपित यादवलाई पक्राउ गरेर चोरी मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म