आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित

मङ्गलबार, २५ माघ २०७८, २० : २४
मङ्गलबार, २५ माघ २०७८

सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ। एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप