माओवादीको केन्द्रीय समिति बैठक कमलादीमा बस्ने तय
मङ्गलबार, २५ माघ २०७८, २० : ०३
नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक यही माघ २८ र २९ गते बस्ने भएको छ । बैठक सो दिन बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादी बस्ने तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै पार्टीभित्र बहसमा रहेको एमसीसीको विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो ।
गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो , स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने गर्ने बुझिएको छ । माओवादीको पदाधिकारीमध्ये महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको बलियो दाबेदारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु