यौन दुर्व्यवहार भोग्नुपरेको अमेरिकी महिला कैदीको भनाइ
क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ । कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ ।
संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन् । महिला कैदी तथा कामदारको भनाइले जेलमा ‘स्वीकृत र विषाक्त संस्कृति’ भेटिने पुष्टि भएको हो । यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौँको ‘यौन दुराचार’ को सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यद्यपि यस्ता दुर्व्यवहारलाई पीडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ ।
अध्ययन रिपोर्टमा भनिएको छ, “डब्लिनमा अहिलेसम्म यिनै र यस प्रकारका दुर्व्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण सङ्कटग्रस्त संघीय जेल ब्यूरोभित्र महामारीका समय ठूलो समस्या भएको छ । सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुर्व्यवहारको ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म