शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र कोइरालाबीच के भयो कुराकानी ?

मङ्गलबार, २५ माघ २०७८, १९ : २२
मङ्गलबार, २५ माघ २०७८

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ उनी ओलीलाई भेट्न बालकाेट पुगेका हुन् ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ । यता ओलीका प्रेस संयोजक रामशरण बजगाईंले वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेपछि मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप