बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नबिल इन्भेष्टमेण्टको लगानी व्यवस्थापन सेवा

मङ्गलबार, २५ माघ २०७८, १९ : ०९
मङ्गलबार, २५ माघ २०७८

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरूले वार्षिक शुल्क बापत वर्ष २०२२ को लागि केवल रु. २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । गैर–विवेकीय प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए बापत लगानीकर्ताहरूले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नु नपर्ने जनाएको छ । 

यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्लेषण, अनुसन्धानको आधारमा बजारको उतार चढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिस गरिएको छ । लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने कम्पनीको भनाई छ । व्यवस्थापन गरे बापत लगानी गरिएको रकममा भएको फाइदामा कुनै प्रकारको शुल्क तथा दस्तुर नलिने भएको छ । लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिन्छ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफूसँग भएको नगद रकम वा शेयरको मूल्याङ्कन गराई प्रवेश गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप