बाँकेमा आठ किलो चाँदीका गहना बरामद
मङ्गलबार, २५ माघ २०७८, १८ : ४७
बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो ।
जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको जनाएको छ।
तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई लखेट्दा समेत पक्राउ गर्न नसकेको प्रहरीको बनाइ छ । गहना र मोटरसाइकल भने नेपालगन्ज भन्सारलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा रोकियो दुई दिनदेखिको झरी
-
सप्तकाेशीमा पानीको बहाव सन् १९६८ यताकै धेरै, पुल माथिबाटै पानी बग्न थाल्यो
-
अविरल वर्षा र बाढीले रौतहटमा बागमती र बाकैयाको तटबन्ध भत्कियो
-
बाढीपहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु
-
स्वास्थ्य मन्त्रालयले भन्यो– विपद्बाट उद्धार गरिएका घाइते बिरामीहरूको निःशुल्क उपचार गर्नु
-
बाढीपहिरोमा परेर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता