‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने
मङ्गलबार, २५ माघ २०७८, १८ : ११

फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ । निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदर्शनबारे जानकारी गराएको हो ।
‘पुस ३० गतेबाट प्रदर्शनमा आएको हाम्रो चलचित्र प्रदर्शन हुँदाहुँदै नेपाल सरकारले हल बन्द गरेको कारण स्थगित भएको थियो । अव फेरि हल खुलेसँगै फागुन १ बाट फिल्म प्रदर्शनमा आउँदैछ’ निर्माता अर्जुन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्माता अर्जुन कुमारले फेरि फिल्म रिलिज हुनु आफ्ना लागि दोस्रो मौका भएको समेत बताएका छन् । उनले मिडिया, प्रदर्शकलगायतबाट सहयोगको अपेक्षा रहेको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।
निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रीलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित