शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नगर्न आग्रह
नेपाल चेम्बर अफ कमर्शले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नगर्न राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको छ । चेम्बरले गर्भनर महाप्रसाद अधिकारीलाई नै भेटेर यस्तो व्यवस्था नगर्न ध्यानाकर्षण गराएको हो ।
‘कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रलाई आक्रान्त बनाइरहेका बेला व्यवसायिक गतिविधिलाई असर गर्नेगरि आयातित वस्तुमा शतप्रतिशत मार्जिन लगाउने व्यवस्था गर्नुहुँदैन,’ गर्भनर अधिकारीसँगको भेटमा चेम्बर प्रतिनिधिले भने । एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या भएको र बंैक वित्तिय संस्थालाई मात्रै फाईदा पुगेको उनीहरूको भनाइ छ ।
आयातलाई व्यवस्थित गरि निर्यात प्रवर्द्धन गर्नुपर्ने बेलामा शतप्रतिशत मार्जिनका लागि प्रेरित गर्दा यसले पार्ने नकारात्मक असरप्रति केन्द्रीय बैंक सचेत हुन जरुरी रहेको चेम्बरले जनाएको छ । ‘एलसीमा शतप्रतिशत मार्जिन राख्ने व्यवस्था खुला अर्थतन्त्रको नीति विपरित छ । साथै कोभिडले प्रभावित अर्थतन्त्र बिस्तारै तंग्रिदै गरेको अवस्थामा यस्ता संकुचित नीतिले निजी क्षेत्रको मनोबल घटाउने निश्चितप्राय छ’, चेम्बरले भनेको छ ।
वस्तुको आयातमा उच्च भन्सार कर लगाउने नीतिप्रति पनि चेम्वरले आपत्ति जनाएको छ । विश्व व्यापार संगठन (डब्लुटीओ)को खुला बजार अर्थव्यवस्थाको विश्वव्यापी मान्यता विपरित यस्ता व्यवस्थाले व्यापारमा गम्भिर असर गर्ने तथा व्यवसायी नै पलायन हुनेतर्फ चेम्बरले सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती