सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

३५० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापनाको सम्भाव्यता अध्ययन गरिँदै

देउवा गृहजिल्लामा २२५ मेगावाट सौर्य उर्जाको आयोजना
मङ्गलबार, २५ माघ २०७८, १८ : ००
मङ्गलबार, २५ माघ २०७८

लगानी बोर्डले दुई वटा जिल्लामा गरी कुल २३ अर्ब रुपैयाँ लागतको ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन अनुमित दिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बसेको बोर्डको ४९ औं बैठकले सम्भाव्यता अध्ययन अनुमति दिएको हो ।

बैठकले सुदुरपश्चिम प्रदेश डोटीको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना गर्न सम्भाव्यता अध्ययन अनुमति दिएको बोर्डले जानकारी दिएको छ । यस्तै, डडेलधुराको अमरगढी नगरपालिकामा २२५ मेगावाट क्षमताको सोलार प्लान्ट स्थापनाको सम्भाव्यता अध्ययन अनुमति समेत दिइएको बताइएको छ ।

करिब २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यी दुई आयोजनाको सम्भाव्यता अध्ययन सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडले गर्ने छ ।

यस्तै, डाबर नेपालले उद्योगको क्षमता अभिवृद्धि गर्न मागेको अनुमति समेत बैठकले स्वीकृत गरेको छ । बोर्डबाट स्वीकृती पाएसँगै उद्योगले क्षमतामा अभिवृद्धिका लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको लगानी थप गर्ने छ । 

साथै, बोर्ड बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वमित्वकरण, संचालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी एसजैभीएन लिमिटेड इण्डियाले पेस गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप