शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले सातै प्रदेशमा स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण दिने

मङ्गलबार, २५ माघ २०७८, १७ : २८
मङ्गलबार, २५ माघ २०७८

 नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन केन्द्रित सातवटै प्रदेशमा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरिएको महासचिव पोखरेलको भनाइ छ ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुनेछन् ।

यस्ता छन् प्रशिक्षणका विषयहरु

–दसौं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा ।

–सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु ।

– स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु

–स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु ।

को को हुन्छन् प्रशिक्षणमा सहभागी ?

–प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु

–प्रदेश कमिटी पदाधिकारीहरु

–प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु

–प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइन्चार्जहरु

–प्रशेद अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु

–सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु

–नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख ।

–नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु

–पालिका पार्टी कमिटीका अध्यक्षहरु

प्रशिक्षणको समय तालिका र स्थान

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

वागमती प्रदेश– फागुन ६–७, काठमाडौं

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल÷दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप