शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले भन्यो –चीनसँग सीमा विवादको वास्तविकता उपयुक्त समयमा बाहिर ल्याइन्छ

मङ्गलबार, २५ माघ २०७८, १७ : ००
मङ्गलबार, २५ माघ २०७८

सरकारले चीनसँगको सीमा विवादसम्बन्धी विषय वास्तविकताका आधारमा उपयुक्त समयमा बाहिर ल्याउने बताएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् । 

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि बताए ।  

सरकारका प्रवक्ता कार्कीले भने, ‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिपोर्टहरूको आधारमा होइन वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ । हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग, सिमामा कुनै समस्या छन् भने ती समस्याहरुलाई सरकार कूटनीतिक ढङ्गले समाधान गर्ने छौंँ । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सदैव प्रयत्नशील रहन्छ ।’

प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप