दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’
मङ्गलबार, २५ माघ २०७८, १६ : ५२
![दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’](https://rpcdn.ratopati.com/media/albums/jhuma_xeEqPLMtPh.jpg)
साहित्यकार अर्जुन दुङमेनले नयाँ कथा संग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन्। साहित्यकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथा संग्रह बजारमा ल्याएका हुन्।
कथा संग्रह ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन्। कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए।
दुङमेनले कथा संग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीति प्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् ।
झुमामा वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ। साहित्यका गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन्।