शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पूर्वअन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

मङ्गलबार, २५ माघ २०७८, १६ : २७
मङ्गलबार, २५ माघ २०७८

पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षक, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आइरहेकी राणालाई प्रदान गरेको हो ।

ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेकी राणा विगत लामो समय देखि ब्लड क्यान्सर संग संघर्ष गर्दै आइरहेकी छिन् । रोगकै कारण हाल उनले आर्थिक कठिनाई व्यहोर्दै आइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप