मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज

मङ्गलबार, २५ माघ २०७८, १५ : ४८
मङ्गलबार, २५ माघ २०७८

साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ ।

मिनाक्षी चौधरी, डिम्पल ह्याती समेतको मुख्य भूमिका रहेको फिल्ममा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् । फिल्म पुरै भारतमा रिलिज हुन लागेको हो । रविको लोक प्रियतालाई ध्यानमा राखेर फिल्म देशभर रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप