प्रतिनिधि सभाको बैठक ः यस्ता छन् सम्भावित कार्यक्रम

बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित