प्रतिनिधि सभाको बैठक ः यस्ता छन् सम्भावित कार्यक्रम
बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
