भोलि प्रतिनिधि सभाको बैठक बस्ने, प्रवेश होला एमसीसी ?
लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । भोलि बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ ।
प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले संसद् बैठक स्थगित गर्नेबारे कुनै सूचना नभएको बताए । गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक पछि सार्दै लगिएको थियो ।
अमेरिकन सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ । एमसीसी परियोजनाबारे राजनीतिक सहमति जुटिनसकेको अहिलेको अवस्थामा तत्काल यो विषय संसद्मा प्रवेश गर्ने सम्भावना कम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण